जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी « Khabarhub

जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

दोलखा– गएराती दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिमा मोटरसाइकल र हेलमेट चोरी भएको छ । एकैरात दुई ठाउँबाट मोटरसाइकल तथा हेलमेट चोरी भएको प्रहरीले जनाएको छ ।

नगरपालिका-८ डाडाखर्कबाट गएराती करिब ११ बजे घरमा पार्किङ गरेर राखेको सवारी धनी सुर्यबहादुर कार्कीको बा ७३ प ५५०३ नम्बरको निलो रङ्गको पोल्सर बाइक हराएको हो ।

सोहीरात १२:४४ बजेको समयमा वैतेश्वरको मैनापोखरी बजार नजिकैको मोहन खड्काको न्यु आविष्कार अटोओक्सवबाट जिरीबाट मैनापोखरी आउँदै गरेको मोटरसाइकल रोकेर एक व्यक्तिले हेलमेट चोरेको सिसिटिभी फुटेजमा रेकर्ड भएको देखिएको छ ।

खड्का र कार्कीले चोरले जिरीबाट बाइक चोरेर ल्याएर मैनापोखरीमा खड्का हेलमेट चोरेको हुनसक्ने अनुमान लगाएका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरीले चोरी भएको मोटरसाइकल तथा चोरी गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले केही दिन अघि पनि काठमाडौंबाट चोरेर दोलखा ल्याएको मोटरसाइकल फेला पारेर सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न सफल भएको थियो ।

यो घटनाको पनि अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखा ट्राफिक इन्चार्ज ठाकुर भट्टराईले बताए ।  एकडेढ घण्टाको बीचमा बाइक तथा हेलमेट चोरी भएकाले चोर एउटै हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

सिसिटिभी फुटेजमा अन्दाजी २२-२५ वर्षको कालो ज्याकेट,टाउकोमा सेतो मफलर ओढेर आएको एक युवकले ५ सेकेन्ड भित्र हेलमेट चोरेर निस्केको देखिन्छ ।

– सुबास बस्नेत

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : १३ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको