बिहे गर्न समेत छुट्टी नपाउँदा प्रहरीले दिए पदबाटै राजीनामा ! « Khabarhub

बिहे गर्न समेत छुट्टी नपाउँदा प्रहरीले दिए पदबाटै राजीनामा !


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

प्रहरीको जागिर भन्ने बित्तिकै हरेक युवा हुरुक्कै हुन्छन् । नागरिकको सुरक्षामा खटिने प्रहरीले पाउने सुविधा र यसको बर्दीप्रति युवाको मोह बढ्दो छ ।

तर प्रहरी भित्र भएको असमान ब्यवहार तथा माथिल्लो पदका प्रहरी अधिकारीबाट तल्लो तहका प्रहरी माथि हुने दमन तथा पारिश्रमिकका कारणले प्रहरीको जागिरबाट राजीनामा दिनेहरु पनि छन् । तर भारतमा भने एक प्रहरीले दिएको राजीनामाको कारण भने निकै रोचक छ ।

हैदरावाद प्रहरीमा कार्यरत २९ वर्षीय सिद्धान्ती प्रताप नामका प्रहरी जवानले बिहे गर्न समेत छुट्टी नपाएको भन्दै पदबाट राजीनामा दिएका छन् । प्रताप नामका प्रहरी जवान बिहेको तयारीमा थिए । तर, उनको हुनेवाला ससुरालीबाट उनको ड्युटी अवधिको बारेमा जानकारी पाएसँगै उनको बिवाह क्यान्सिल भयो ।

बेहुलीका बाबुआमाले बेहुलाको ड्य्टी चौबिस घण्टा भएको भन्दै परीवारलाई समय दिन नसक्ने केटालाई छोरी नदिने बताउँदै विवाह तोडे । विवाह गर्न तयारीमा रहँदा पनि आफ्नो जागिरको कारण केटी नपाएको भन्दै उनले पनि प्रहरीको जागिरबाट राजीनामा दिए ।

हैदरावाद पुलिसका आयुक्तलाई पत्र लेख्दै उनले राजीनामा दिनुको कारण चौबीसै घण्टे ड्युटी भएको बताएका छन् । जागिरे अवधिमा साप्ताहिक बिदा समेत नपाएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । इन्जिनियरिङको अध्ययन गरेका उनले प्रहरी जवान पदमा ५ बर्ष अघि भर्ना भएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ९ : ०९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले