ह्याकरले कृषि विकास बैंकबाट पनि लुटे २ करोड « Khabarhub

ह्याकरले कृषि विकास बैंकबाट पनि लुटे २ करोड


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् ।

यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ।

प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियो भन्नेबारे पनि केही बताएको छैन।

तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीले पुष्टि गरे।

प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो।

जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ९ : १२ बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ