गुरुङद्वारा एनआरएनए युरोप उपसंयोजकमा उमेदवारी घोषणा « Khabarhub

गुरुङद्वारा एनआरएनए युरोप उपसंयोजकमा उमेदवारी घोषणा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन- गैर आवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप-संयोजक पदमा स्पेनका समाजसेवी तथा सामाजिक अभियान्ता मुक्त बहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए स्पेनको नेतृत्व सफलता पूर्वक सम्हालिसकेका गुरुङले संघको नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्रको लागि उप-संयोजक पदमा स्पेनबासीको माग र चाहना अनुसार उम्मेदवारी दिएको बताए ।

गुरुङले २०१७ -२०१९ कार्यकालमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य भइ एनआरएनएको हरेक गतिविधिमा सहभागी हुँदै आएका छन् ।

डेढ दशक भन्दा लामो समयदेखि विभिन्न सामाजिक संघ संस्था हुदै एक दशक देखि एनआरएन अभियानमा निरन्तर रूपमा प्रत्यक्ष संलग्न हुँदै आएका छन् ।

स्पेनबासी नेपाली समुदायहरूको सार्वजनिक रूपमा भेला छलफल बैठक बस्ने स्थान नभएको अवस्थामा एनआरएनए स्पेन अध्यक्ष पदमा गुरुङको आगमन संगै एनआरएनए स्पेनले आफ्नो कार्यकाल स्थापना गर्न अहोरात्र मेहनत पश्चात सफल भएको बार्सिलोनामा लामो समय देखि बस्दै आएका युवराज खनाल बताउँछन् ।

अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य भइ सकेका गुरुङले युरोप क्षेत्रका लागि आफ्नो उमेदबारी दिनु स्वभाबिक रहेको एनआरएनए अभियान्ताहरू बताउँछन् ।

युरोपभर रहेका एनआरएनए संस्थाहरू भन्दा अग्रस्थानमा एनआरएनए स्पेन अति सक्रिय एनसीसी समेत रहेको छ ।

सन् २००७ देखि नै एनआरएनए अभियानमा सक्रिय उनी २००९ मा सम्पन्न एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट नै निर्विवाद उपाध्यक्ष पदमा रही काम गरेका थिए। सन् २०११-२०१३ को कार्यकालमा संघको सल्लाहकारको भूमिका निर्वाह गरिसकेका गुरुङलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को बिभिन्न कार्यदलमा रही सफलतापुर्वक काम गरेको राम्रो अनुभव समेत रहेको छ ।

उनले सन् २०१५-२०१७ एनआरएनए स्पेनको नेतृत्व सफलता पुर्वक समालेका थिए भने सन् २०१७-२०१९ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य समेत हुन ।

आइसिसि सदस्य समेत रहेका मुक्त बहादुर गुरुङले झोलामा रहेको एनआरएनए स्पेनलाई सबैलाई भेटघाट तथा चाडपर्व मनाउन सजिलो होस् , भैइपरी आउने समस्यालाई निराकरण गर्ने उद्देश्यका साथ छिटो छरितो भेटघाट होस् भन्ने उद्देश्यका साथ बार्सिलोनामा स्थापना भएको कार्यालय बिगत ४ बर्ष देखि निरन्तर रूपमा संचालनमा आएको छ।

नेपाली दुतावास स्पेनमा स्थापनार्थ गुरुङले एनआरएन लगायत विभिन्न राजनीतिक दलका भातृ संगठनहरूलाई साथमा लिएर पटक पटक नेपाल सरकारको ध्यानाकर्षण समेत गराएकै अवस्थामा गुरुङले नेतृत्व सम्हालेकै समयमा नेपाल सरकारले स्पेनमा नेपाली दूताबास स्थापना गरेपछि गुरुङ खुसिले गदगद भएका थिए ।

स्पेन पर्यटनको बढि सम्भावना भएकोले नेपाली दुतावास संगको सहकार्यमा नेपालमा पर्यटन भित्र्याउन सरकारको योजना संगै सबैलाई जोडेर अघि बढ्नुपर्ने अवस्था आफ्नो उम्मेदवारी रहेको गुरुङले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : २५ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय