परराष्ट्रमन्त्री जनरल डिबेटमा सहभागी « Khabarhub

परराष्ट्रमन्त्री जनरल डिबेटमा सहभागी


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् ।

त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गरे ।

प्रतिरोधात्मक कूटनीति, दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग, अन्तरराष्ट्रिय कानूनको परिपालना तथा मानवअधिकारको प्रवद्र्धनमा जोड दिँदै उनले बहुपक्षीयतावादलाई सुदृढ तुल्याउनुपर्ने बताए ।

महासभामा १८८ देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख र सदस्य मुलुकका प्रतिनिधिमण्डलका प्रमुख यही असोज १३ गतेसम्म उच्चस्तरीय बैठकहरुमा सहभागी हुनेछन् ।

महासभामा मन्त्री ज्ञवालीले यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि असोज १३ गते नेपालले महासभामा सम्बोधन गर्ने कार्यक्रम निर्धारण गरिएको थियो ।

बुधबार मन्त्री ज्ञवाली दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा पनि सहभागी थिए । दिगो विकासका लक्ष्य हासिल गर्ने सन्दर्भमा हालसम्म भएका प्रगति, कार्यान्वयनको समीक्षा र चुनौतीबारे बैठकमा गहन छलफल भएको थियो । राष्ट्र–राष्ट्रबीच सहकार्य र साझेदारीको माध्यमबाट नै दिगो विकासका लक्ष्य हासिल गर्न सम्भव हुनेमा सबै सहभागीको मतैक्यता थियो ।

गत भदौ ३१ गतेदेखि प्रारम्भ भएको ७४औँ महासभा बैठकको शीर्षक ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ । यसैबीच मन्त्री ज्ञवाली महासचिव गुटरेसले आयोजना गरेको राजकीय दिवाभोजमा सरिक भए भने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मेलिना ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा श्रीमती सरस्वती ज्ञवालीका साथ सहभगी भए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ३८ बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा