चिनियाँ नेता फर्किए, छलफलले सकारात्मक र भिन्न प्रभाव पार्‍यो– नेकपा « Khabarhub

चिनियाँ नेता फर्किए, छलफलले सकारात्मक र भिन्न प्रभाव पार्‍यो– नेकपा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसहितको टोली आज चीन फर्किएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका स्कूल विभागका उपप्रमुख वेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ तावसहितको टोलीलाई बुधबार विहान विदाइ गरेका हुन् ।

सोङ चिनियाँ राष्ट्रपति सि चिन फिङको आसन्न नेपाल भ्रमणको तयारी र नेकपासँगको विचारधारात्मक छलफलमा सहभागी हुन नेपाल आएका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा असोज ६ र ७ गते काठमाडौंमा भएको ‘विचार धारात्मक छलफल’ र त्यसपछि भएको दुई पार्टी बीच भएको सम्झौताले दुई पार्टीबीचको सम्बन्ध अझ मजबुद भएको नेकपाले जनाएको छ ।

नेकपाको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले एक विज्ञप्ति जारी गरी दुई पार्टीबीचको सम्बन्ध अझ मजबुद भएको बताएका हुन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भका बीच आयोजित यस विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव पारेको उनले उल्लेख गरेका छन् ।

यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले उक्त सहमतिमा असोज ७ गते हस्ताक्षर भएको छ, जसले दुई पार्टीलाई भविष्यमा अझ घनिष्ट र आशंकारहित सम्वन्धमा आवद्ध गर्ने विश्वास नेकपाले गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : १३ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर