मनकारी जनप्रतिनिधि : आफ्नो तलब विद्यार्थीलाई सहयोग | Khabarhub Khabarhub

मनकारी जनप्रतिनिधि : आफ्नो तलब विद्यार्थीलाई सहयोग


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महिना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका हुन् । उनले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविको ४४औँ वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले अध्यक्ष पुनले प्रदान गरेको एक लाख विद्यार्थीलाई वितरण गरे ।

सहयोग रकम हस्तान्तरण गर्दै मन्त्री पुनले अध्यक्षको सहयोगले गरीब विपन्न परिवारका जेहेन्दार विद्यार्थीको अध्ययनमा ठूलो सहयोग पुग्ने बताए । प्रदेश सरकारले शैक्षिक क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउनमा जोड दिएकोसमेत उनले बताए ।

गाउँपालिकाका अध्यक्ष पुनले घोषणाअनुसार आफूले पाउने सेवा सुविधाबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ज्ञानप्रकाश माविका छात्र एलिस पाइजालाई ५० हजार र सोही विद्यालयकी एलिना बैरागी र मुक्तिमार्ग मावि घारकी पवित्रा खड्कालाई जनही २५ हजारका दरले ५० हजार गरी तीन विद्यार्थीलाई एक लाख सहयोग गरेका हुन् ।

आर्थिक अभावका कारण विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनी हौसला प्रदान गर्नका लागि आर्थिक सहयोग गरेको अध्यक्ष पुनले बताए । गाउँपालिकाबाट पाउने सेवा सुविधासमेत नलिएका उनले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताए।

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम सञ्चालनसँगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : ३१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम