थन्किएका प्रहरी भ्यान हस्तान्तरण गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय « Khabarhub

थन्किएका प्रहरी भ्यान हस्तान्तरण गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी — सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई महिनाअघि खरिद गरेका प्रहरी भ्यान प्रदेश प्रहरी प्रमुखको कार्यालयलाई हस्तान्तरण गरेको छ ।

बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणिप्रसाद लम्साललाई ९ वटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

गत आर्थिक वर्षको असार मसान्तमा ३ करोड ३२ लाख ९१ हजारमा खरिद भएका ती गाडीहरु मन्त्रालयमा थन्किएका थिए । गाडी खरिद गरिएको भएपनि हस्तान्तरण गर्न कानून बाधक भएको भन्दै नयाँ गाडीहरु यत्तिकै थन्किएका थिए ।

ती गाडीहरु प्रदेश प्रहरी गठन भएपछि मात्र जिल्लालाई हस्तान्तरण गर्ने भन्ने बजेट शीर्षकमा उल्लेख भएकाले मन्त्रालयमै थन्किएका थिए ।

मंगलबार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले ती गाडीहरु जिल्लालाई हस्तान्तरण गरेसँगै वितरण गर्ने बाटो खुलेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  २ : ३१ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन