कृषि विकास बैंकको पाँच करोड ह्याकिङमा कैलाश विकास बैंकको ‘संलग्नता’ ! « Khabarhub

कृषि विकास बैंकको पाँच करोड ह्याकिङमा कैलाश विकास बैंकको ‘संलग्नता’ !



काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणमा अर्को एक बैंकको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ । कृषि विकास बैंकबाट भएको पाँच करोड ह्याकिङमा कैलाश विकास बैंकको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ ।

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ह्याक गरेर निकालिएको र उक्त रकम विभिन्न स्थानमा पठाइएको पाइएको प्रहरीले जनाएको छ । त्यसमध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकमा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महानगरिय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)सहकुल थापाले भने,‘कृषि विकास बैंकबाट निकालिएको करिब ५ करोड मध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकको मास्टर खातामा ट्रान्सफर भएको देखिएको छ ।’

कृषि विकास बैंकको ह्याक भएको पैसा कसरी कैलाश विकास बैंकमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकलाई पनि आग्रह गरिने एसएसपी थापाले बताए ।

१२ जना पक्राउ

कृषि विकास बैंकबाट भएको रकम ह्याकिङ प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जसमध्ये एक जना हुण्डी कारोबारीसमेत रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

ह्याकिङका नाइके भारतमा

कृषि विकास बैंक ह्याकिङमा भारतमा बस्ने व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । भारतमा बस्ने ह्याकरले नेपालमा ११ जना एजेन्ट राखेको र ह्याकिङको पैसा उनीहरुको खातामा पठाउने गरेको पाइएको प्रहरी अनुसन्धानमा फेला परेको छ ।

ह्याकरले ५०/५० लाखका दरले उनीहरुको खातामा रकम पठाउने र नेपालमा रहेका व्यक्तिले त्यसको १० प्रतिशत आफूले राखेर बाँकी रकम हुण्डी मार्फत भारत पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  २ : ५५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर