कञ्चनपुरमा हाइब्रिड जातका धानमा बाला नै लागेन « Khabarhub

कञ्चनपुरमा हाइब्रिड जातका धानमा बाला नै लागेन


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- गरिमा वर्णशङ्कर(हाइब्रिड)जातको धानमा बाला नलागेपछि कञ्चनपुरका किसानको लगानी खेर गएको छ । रु ४५० प्रति किलोका दरले बीउ खरिद गरेर खेतमा रोपेको धानमा बाला नै नलागेपछि किसान चिन्तित भएका छन् ।

‘‘नेपाल सरकारले सूचीकृत गरेको धान भनेर खरिद गर्‍यौं,” शुक्लाफाँटा नगरपालिका–७ का किसान लालबहादुर चौधरीले भने, “१२५ दिनमा पाक्ने भनिएको धानमा अहिलेसम्म बाला नै लागेको छैन । धानको बोट निकै राम्रो छ तर बाला नै छैन ।”

“गत वर्ष राम्रै फलेको थियो तर यसवर्ष बाला नलाग्दा लगानी डुबेको छ” उनले भने । बेलौरी नगरपालिकामा झण्डै २० बिघा, शुक्लाफाँटा र कृष्णपुरका गरी ८० भन्दा बढी किसानले १० बिघा जग्गामा गरिमा जातको धान रोपेका थिए ।

धानको फूल फुल्ने समय ९० दिन पुगेपछि शुरु हुने हो बेलौरी नगरपालिका कृषि शाखका प्राविधि हरिश सेटीले भने, “यो धान रोपेका कुनै पनि किसानका धान अहिलेसम्म फुलेकै छैन ।”

धानमा बाला नलागेको समस्या लिएर कार्यालयमा सधैँ किसान पुग्दै क्षतिपूर्तिको माग गर्ने गरेको उनले भने । स्थानीय किसान परदेशी चौधरीले गरिमा भनेर अर्कै थरिको धानको बीउ बेच्ने एग्रोभेट सञ्चालकमाथि कारवाही गर्न र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए । दशकट्टा जग्गामा रोपिएको धानमा बाला नलागेकाले वर्षभरका लागि गरिएको मेहनत त्यसै खेरगएको किसान राजबहादुर चौधरीले बताए ।

गत वर्ष निकै राम्रो उत्पादन भएकाले यसवर्ष पनि चर्को मूल्य तिरेर गरिमा जातको धानको बीउ नै खेतमा रोप्यौ उनले भने,“अरुका खेतमा धान पाक्नै लागेको छ । मेरो खेतमा बाला नै लागेको छैन । रुनु न हास्नुको अवस्थामा पुर्‍याएको छ ।”

मलखाद, सिँचाइ, बीउ, खनजोत गरी रु आठ हजारभन्दा बढी धान रोप्नमै खर्च लागेको उनको भनाइ थियो धानमा बाला नै नलागेपछि लागत खर्च नै डुब्ने भएको कृषक चौधरीको भनाइ थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ४ : ४२ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक