‘छ माया छपक्कै’ का पोस्टरमा दीपक र केकीको माया « Khabarhub

‘छ माया छपक्कै’ का पोस्टरमा दीपक र केकीको माया


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा दीपकराज गिरी र केकी अधिकारीलाई हाइलाइट गरिएको छ ।

नामैले पनि प्रेमभाव झल्काउने यो फिल्मलाई दीपकराज गिरीले लेखेका हुन् । जसकारण फिल्ममा कमेडीपन पनि हुनेछ ।

सार्वजनिक दुई पोस्टरमध्ये एकमा दीपकराज गिरी र केकी अधिकारी मुस्कुराइरहेको देख्न सकिन्छ । यस्तै अर्को पोस्टरमा दीपक र केकीको प्रेमलाई केदार घिमिरे र जितु नेपालले लुकेर हेरेको देखाइएको छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् ।

रिलिजअघि राम्रो चर्चा कमाएको यो फिल्मलाई आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुति रहेको छ ।

चलचित्रमा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल, अनुराग कुवँर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्र कमेडी जानरामा निर्माण भएको हो । फिल्ममा समावेश गीत ‘जुनको जुनेली’ बोलको गीत हिट भइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : २३ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको