प्रदेश नं.१– बजेट अधिवेशन अन्त्य « Khabarhub

प्रदेश नं.१– बजेट अधिवेशन अन्त्य


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं.१ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएका थिए ।

बजेट अधिवेशनमा विसं २०७६ जेठ १३ गतेबाट शुरु भएर जम्मा ६२ घण्टा आठ मिनटको अवधिमा ५३ वटा बैठक बसेको थियो । यस अधिवेशनमा १४ वटा विधेयक पारित भएका छन् ।

तेस्रो अधिवेशनमा दर्ता भई यस अधिवेशनमा छलफल भएका चारवटा विधेयकहरुसहित यो अधिवेशनले १४ वटा विधेयक पारित भएको सभामुख भण्डारीले जानकारी दिए ।

अहिलेसम्ममा प्रदेशसभाले ४३ वटा विधेयक पारित गरिसकेको छ भने सबै विधेयकहरु सहमति, सहकार्य र एकताबाट नै गरिएका थिए भने मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदहरुको विरोधको कारण बहुमतबाट पारित गरिएको थियो ।

अहिलेसम्ममा सदनले पाँचवटा विधेयकलाई संशोधन गरिसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : २४ बजे

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज