नेपाली बजारमा प्लास्टिकको चामल र अन्डा फेला परेको हो ? « Khabarhub

नेपाली बजारमा प्लास्टिकको चामल र अन्डा फेला परेको हो ?


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला केही दिन यता सामाजिक सञ्जालहरुमा प्लास्टिकका चामल र अण्डा बजारमा फेला परेको विषय चर्चामा छ ।

देशका विभिन्न स्थानमा प्लास्टिकबाट बनेको चामल, अण्डा र पिठो फेला परेको समाचारहरु बाहिरिएका मात्र छैनन् प्रहरीमा यस्ता घटनाका बारेमा उजुरीसमेत परेका छन् ।

प्लास्टिकका चामल फेला परेको भन्दै देशभर २० भन्दा धेरैले प्रहरीमा उजुरीसमेत गरेका छन् । तर प्रहरीले गरेको अनुसन्धान र खाद्य प्रविधि तथा गुण नियन्त्रणको प्रयोगशाला परीक्षणमा समेत प्लास्टिकका चामल र अण्डाबारे पुष्टि हुन सकेको छैन ।

के साच्चै प्लास्टिकको चामल हुन्छ ?

प्लास्टिकको चामल र अण्डा बजारमा पाइने समाचारहरु बेलाबेलामा सार्वजनिक हुने गरेको छ । विशेषगरि भारतीय सञ्चारमाध्यममा यस्ता समाचारहरु प्रकाशन र प्रसारण हुने गरेका छन् ।

प्लास्टिकबाट बनेको चामल चीनमा उत्पादन हुने बारेको समाचार केही दिन अघि भारतीय अनलाइनमा पोस्ट भएका थिए । त्यसलाई केही नेपाली अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयरसमेत गरेको थिए । त्यसकै कारण पनि प्लास्टिकको चामल बारेका सामाग्रीहरु सामाजिक सञ्जालमा देखा परेका थिए ।

नेपालमा पनि होला ?

सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लास्टिकको चामल र अण्डा नहुने बताएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा प्लास्टिकको चामल र अन्डा बजारमा रहेको भन्ने समाचारहरु सार्वजनिक भइरहेको र त्यो भ्रमपूर्ण रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागका अनुसार यस्ता खाद्य पदार्थहरु खाद्य प्रविधिले गरेको प्रयोगशाला विश्लेषण तथा अन्तर्राष्ट्रिय खाद्य नियामक प्रयोगशालाहरुले गरेको परीक्षणमा समेतमा नपाइएको जनाएको छ ।

त्यसैले यस्ता निराधार हल्लाको पछि नलाग्न सूचना जारी गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : ५३ बजे

हिमपहिरोमा पर्नुअघि ब्रड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको