नेपाली बजारमा प्लास्टिकको चामल र अन्डा फेला परेको हो ? « Khabarhub

नेपाली बजारमा प्लास्टिकको चामल र अन्डा फेला परेको हो ?


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला केही दिन यता सामाजिक सञ्जालहरुमा प्लास्टिकका चामल र अण्डा बजारमा फेला परेको विषय चर्चामा छ ।

देशका विभिन्न स्थानमा प्लास्टिकबाट बनेको चामल, अण्डा र पिठो फेला परेको समाचारहरु बाहिरिएका मात्र छैनन् प्रहरीमा यस्ता घटनाका बारेमा उजुरीसमेत परेका छन् ।

प्लास्टिकका चामल फेला परेको भन्दै देशभर २० भन्दा धेरैले प्रहरीमा उजुरीसमेत गरेका छन् । तर प्रहरीले गरेको अनुसन्धान र खाद्य प्रविधि तथा गुण नियन्त्रणको प्रयोगशाला परीक्षणमा समेत प्लास्टिकका चामल र अण्डाबारे पुष्टि हुन सकेको छैन ।

के साच्चै प्लास्टिकको चामल हुन्छ ?

प्लास्टिकको चामल र अण्डा बजारमा पाइने समाचारहरु बेलाबेलामा सार्वजनिक हुने गरेको छ । विशेषगरि भारतीय सञ्चारमाध्यममा यस्ता समाचारहरु प्रकाशन र प्रसारण हुने गरेका छन् ।

प्लास्टिकबाट बनेको चामल चीनमा उत्पादन हुने बारेको समाचार केही दिन अघि भारतीय अनलाइनमा पोस्ट भएका थिए । त्यसलाई केही नेपाली अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयरसमेत गरेको थिए । त्यसकै कारण पनि प्लास्टिकको चामल बारेका सामाग्रीहरु सामाजिक सञ्जालमा देखा परेका थिए ।

नेपालमा पनि होला ?

सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लास्टिकको चामल र अण्डा नहुने बताएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा प्लास्टिकको चामल र अन्डा बजारमा रहेको भन्ने समाचारहरु सार्वजनिक भइरहेको र त्यो भ्रमपूर्ण रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागका अनुसार यस्ता खाद्य पदार्थहरु खाद्य प्रविधिले गरेको प्रयोगशाला विश्लेषण तथा अन्तर्राष्ट्रिय खाद्य नियामक प्रयोगशालाहरुले गरेको परीक्षणमा समेतमा नपाइएको जनाएको छ ।

त्यसैले यस्ता निराधार हल्लाको पछि नलाग्न सूचना जारी गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : ५३ बजे

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप