लैङ्गिक हिंसाका घटनामा पुरुष पीडित बन्दै | Khabarhub Khabarhub

लैङ्गिक हिंसाका घटनामा पुरुष पीडित बन्दै


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजुरी आयो ।

उजुरी थियो – ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानबहादुर विकले यस्तो उजुरी दिएका हुन्। महिला तथा बालबालिकाको मात्रै उजुरी हेर्दैआएको महिला सेल अचम्ममा पर्‍यो ।

उजुरी दर्ता गर्ने कि नगर्ने ? उजुरी दर्ता गरौं महिला तथा बालबालिकाको हैन । दर्ता नगरौं लैङ्गिक हिंसामा पर्ने पीडितको उजुरी छ । अन्ततः सेलले उक्त उजुरी दर्ता गर्‍यो ।

उजुरी बमोजिम दुबै पक्ष झिकाई छलफल चलायो । छलफल गहिराइमा पुग्दै जाँदा भानवहादुरले विदेशबाट दुःख गरेर पठाएको पैसा श्रीमतीले दुरुपयोग गरेको र परपुरुषसँग सम्बन्ध राखेको निष्कर्ष निकालियो । उक्त उजुरीको छिनोफानो जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलले गर्न नसक्ने भएपछि जिल्ला अदातल पठाइएको थियो ।

रोल्पामा लैङ्गिक हिंसाको यो एक प्रतिनिधि घटना मात्रै हो । आम रुपमा महिलामाथि पुरुषले गर्ने हिंसाको रुपमा लैङ्गिक हिंसालाई चित्रण गरिए पनि पछिल्ला दिन यो मान्यता नै उल्टिन पुगेको छ । यहाँ आउने लैङ्गिक हिंसाको उजुरीमध्ये अधिकाँश पुरुष हिंसामा पर्ने गरेको देखिएको छ ।

“पारिवारिक विवाद पछि महिलाहरु न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा पुग्छन्, घटनाको अनुसन्धान हुँदै जाँदा तिनै महिला नै पीडक देखिने गरेका छन्,” जिप्रका रोल्पाको महिला तथा बालबालिका सेल इञ्चार्ज मीना विकले भनिन् – “एकाध घटना बाहेक हिंसा पीडित भए पनि पुरुष उजुरी गर्न आउँदैनन् । पारिवारिक झगडा भए पछि महिला भने प्रहरीमा आइहाल्छन् । बुझ्दै जाँदा महिला नै पीडक भएका घटना धेरै देखिएका छन् ।”

जिप्रका महिला तथा बालबालिका सेवा केन्द्रको अभिलेखअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा लैङ्गिक हिंसाका ४४ वटा उजुरी परेका थिए । त्यसरी परेका उजुरी सबै मिलापत्रमा टुङ्ग्याइए ।

आव २०७३/७४ मा ३६ वटा लैङ्गिक हिंसाका उजुरी परेका थिए । आव २०७४/७५ मा यो सङ्ख्या ११ मा झर्‍यो भने आव २०७५/७६ मा लैङ्गिक हिंसाका २२ उजुरी परे ।

बितेको चार वर्षमा जिप्रका रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा लैङ्गिक हिंसाका ११३ वटा उजुरी परेको अभिलेखिकरण गरिएको छ । यी सबै महिला पीडित भएर दिएका उजुरी हुन् ।

खान लाउन नदिएको, कुटपिट गरेको, विदेशबाट पैसा नपठाएको जस्ता आरोप लगाएर लेखिएका यस्ता उजुरीको सत्यतथ्य पत्ता लगाउँदै जाँदा उल्टै पुरुष पीडित हुने गरेको देखियो,” सेल इञ्चार्ज विकले भनिन् । उनका अनुसार पछिल्लो पटक पुरुष पीडित रहेका घटना बढ्दै गएको छ ।

सामाजिक सञ्जाल र टेलिफोनको दुरुपयोग यस प्रवृत्तिको कारक भएको जिप्रका रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङले बताए ।

“अज्ञात र अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमार्फत जोडेको सम्बन्धले महिलाहरु श्रीमान्सँग टाढिँदै जाने गरेको देखिएको छ,” गुरुङले भने । उनका अनुसार जिल्लावासी अत्यधिक मात्रामा वैदेशिक रोजगारी गएका कारण पनि यो समस्या आएको हुनसक्छ ।

“सामाजिक र पारिवारिक विग्रहको कारक बन्दै गएको सामाजिक सञ्जालले पुरुषलाई समेत हिंसा पीडित बनायो,” प्रनाउ गुरुङले भने ।

हिंसा पीडित भए पनि पुरुष हत्पत न्याय माग्न जाँदैनन् । महिला नै हिंसा पीडित भए भने उजुरी गर्न आउने गरेको गुरुङको अनुभव छ ।

महिला अधिकारकर्मी श्रीकुमारी रोका भने पुरुष हिंसा बढ्नुमा पुरुष नै दोषी रहेको बताउँछिन् ।

“घरमा श्रीमान् नभएकाहरुलाई सहयोग गर्ने नाममा पुरुषहरुले अनैतिक सम्बन्ध गाँस्ने गरेको देखिन्छ,” रोकाले भनिन्– “सामान्य सहयोगबाट शुरु भएको सम्बन्ध प्रगाढ बन्दै जाँदा छुट्टिनै नसक्ने अवस्थामा पुगेर परिवारै तहसनहस हुने गरेको छ ।”

अधिकाँश महिला श्रीमान्को सहयोगमा नै सामाजिक सञ्जाल प्रयोग गर्न सिक्छन् । “विदेशमा रहेका श्रीमान्सँग टेलिफोनमा कुराकानी गर्दा धेरै पैसा खर्च पर्ने भएपछि पुरुषले नै सामाजिक सञ्जाल प्रयोग गर्न प्रोत्साहित गर्छन्,” रोकाले भनिन् – “श्रीमानसँग कुराकानी गर्न खोलिएका सामाजिक सञ्जाल विस्तारै परपुरुषसँग सम्बन्ध स्थापित गर्ने माध्यम बन्दै जाँदा यस्तो समस्या निम्तिएको हो ।”

जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेखमा जिल्लाका करीब ४९ हजार युवा रोजगारीको सिलसिलामा कतार, साउदी अरब, दुबई जस्ता खाडी मुलुक, मलेसिया तथा अन्य देशमा गएको देखिन्छ ।

विवाहित पुरुषको अनुपस्थितिमा धेरैको परिवार नै विखण्डनको चपेटामा परेको देख्न सकिन्छ । वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषणको सही व्यवस्थापन गर्नुको साटो दुरुपयोग हुने क्रम बढेपछि यस्ता समस्या देखिएको जानकारहरु बताउँछन् ।

विप्रेषण स्वरुप आएको पैसाको आडमा गरिने बसाइसराइले समेत पारिवारिक विखण्डनलाई बल मिलेको घटनाहरु देखिन थालेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : ३१ बजे

गण्डकी प्रदेशमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

कास्की– गण्डकी प्रदेशमा जेन-जीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक

तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली

चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको