भारतको भन्दा नेपालको इन्टरनेट गति तिव्र « Khabarhub

भारतको भन्दा नेपालको इन्टरनेट गति तिव्र


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  इन्टरनेटको गतिमा नेपालले भारतलाई उछिनेको छ । डाटा स्पिड जाँच गर्ने उकला कम्पनीले मोबाइल इन्टरनेट गतिसँग सम्बन्धित जारी गरेको ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टअनुसार भारतको भन्दा नेपालको इन्टरनेटको गति बढी रहेको छ ।

इन्टरनेटको गति १०.७८ एमबीपीएसका साथ नेपाल विश्वमा १३०औँ स्थानमा रहेको छ । छिमेकी मुलुक भारत भने नेपालभन्दा पछाडि १३१औँ स्थानमा रहेको छ । भारतको इन्टरनेटको गति १०.६५ एमबीपीएस रहेको छ ।

यस्तै, भारतलाई पाकिस्तान र श्रीलंकाले पनि उछिनेको छ । श्रीलंकाको औसत इन्टरनेट गति २२.०४ एमबीपीएस रहेको छ भने पाकिस्तानको १३.०८ एमबीपीएस रहेको छ ।

श्रीलंका ८३औँ स्थानमा रहँदा पाकिस्तान ११८औँ स्थानमा रहेको छ ।

विश्वका १४५ देशमा गरिएको जाँचमा दक्षिण कोरियालाई सबैलाई उछिन्न पहिलो स्थानमा रहेको छ । दक्षिण कोरियाको इन्टरनेट गति औसत १११ एमबीपीएस रहेको छ ।

यसैबीच, विश्व शक्तिशाली देश अमेरिकासमेत टप टेनमा पर्न सकेन । अमेरिकाको इन्टरनेटको औसत गति ३६.२३ एमबीपीएस रहेको छ । र, ऊ ३५औँ स्थानमा छ ।

इन्टरनेट गतिको सूचीमा दक्षिण कोरियापछि दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । उसको औसत इन्टरनेट गति ६६.४५ एमबीपीएस रहेको छ । यसैगरी, तेस्रो स्थानमा कतार, चौथो स्थानमा नर्वे र पाँचौँ स्थानमा यूएई रहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ६ : ४६ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।