प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक गतिविधिमा महत्वपूर्ण हिस्सा ओगट्ने निर्माण क्षेत्रका समस्या समाधानका लागि चासो देखाएका छन् । मौद्रिक नीति सार्वजनिक भएलगत्तै बुधबार निजी क्षेत्रका तीन ठूला व्यावसायिक संगठनहरूसँग छलफल गरेका प्रधानमन्त्री बालेनले बिहीबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)का प्रतिनिधिहरूसँग विशेष छलफल गरेका हुन् ।
प्रधानमन्त्रीले निर्माण व्यवसायीसँगको भेटवार्ताका क्रममा निर्माण क्षेत्रमा देखिएका प्राविधिक, व्यावहारिक तथा भुक्तानीका समस्याहरू सुल्झाउन सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलका क्रममा निर्माण व्यवसायीहरूले अन्तर्राष्ट्रिय भूराजनीतिक तनावका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले काम अघि बढाउन कठिन भएको गुनासो राखेका थिए । उनीहरूले बढ्दो महँगीलाई ध्यानमा राख्दै सरकारी सार्वजनिक ठेक्काहरूको पनि मूल्य समायोजन गरिनुपर्ने माग गरेका थिए ।
महासंघका प्रतिनिधिहरूका अनुसार प्रधानमन्त्रीले मूल्य समायोजनका लागि व्यवसायीहरूलाई स्पष्ट दर प्रस्ताव गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको यो कदम र सरकारको आश्वासनबाट आफूहरू निकै उत्साहित भएको र भेट अत्यन्त फलदायी रहेको व्यवसायीहरूले बताएका छन्।
काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना
सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने
नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत
सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल
संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह
विपक्षी दलले सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभामा निरन्तर विरोध जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए ।

सांसद कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति प्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरिन् । उनले यस विषयमा प्रधानमन्त्री सदनमा उपस्थित भएर स्पष्ट पार्नुपर्ने धारणा राखिन् ।
त्यसपछि अन्य विपक्षी दलका सांसदहरूले पनि बोल्न समय माग गरेपछि सभामुख अर्यालले विषयवस्तु एउटै भएकाले विरोध गर्ने शैली परिवर्तन गर्न सुझाव दिए । उनले एक पार्टीबाट एक जनाले बोलेर बैठक अगाडि बढाउनका लागि सहयोग गर्न अनुरोध गरे ।
पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर
राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सक्दैन : नेकपा
सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी
राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव
प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन : सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न सुझाव
सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी
रास्वपालाई खुश्बुको चेतावनी- सीमा जस्तो संवेदनशील विषयमा बसेको मौनतालाई इतिहासले मूल्याङ्कन गर्छ
गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान संशोधन प्रक्रिया अघि बढाउँदा देश अप्रत्याशित संवैधानिक जटिलता र द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले समाधान गर्नुपर्ने निश्चित समस्याको पहिचान नगरी संविधानका समग्र विषयलाई एकैपटक संशोधनको एजेन्डा बनाउने प्रयास गरेको भन्दै आपत्ति जनाए।

उनले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता निम्त्याउने, चरम दलीय ध्रुवीकरण बढाउने तथा समाज र भूगोललाई जोड्ने मूल आधारसमेत कमजोर बनाउन सक्ने बताए।
सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक चरित्र तथा समानुपातिक समावेशी प्रतिनिधित्व कांग्रेसका आधारभूत मान्यता भएकाले यी विषयमा कुनै सम्झौता नहुने स्पष्ट गरे।
सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली
८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ
प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता
नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत
एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल
कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य
संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ। फुटपाथ निर्माण गरिएका केही स्थानबाहेक अधिकांश क्षेत्रमा पैदलयात्रु जोखिम मोलेर सडकको किनार हुँदै हिँड्न बाध्य भएका छन्।
यस सडकखण्डमा नालीमाथि केही दूरीसम्म नियमित फुटपाथ निर्माण गरिएको भए पनि त्यसपछि अचानक फुटपाथ अन्त्य हुने र त्यसको सट्टा फलामका प्लेट राखिएको अवस्था छ। ती फलामका प्लेटहरू धेरै स्थानमा भासिएका छन् भने कतिपय ठाउँमा फलाम नै निस्किएको छ। जोखिम कम गर्न केही स्थानमा अस्थायी रूपमा बाँस टेकेर काम चलाइएको देखिन्छ।

स्थानीयका अनुसार भासिएको फलामका कारण कतिपय पैदलयात्रीको खुट्टा समेत फसेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रातिको समयमा हिँड्नेहरूका लागि यो अवस्था अझ जोखिमपूर्ण बनेको छ।
फलामका प्लेट कुनै पनि बेला भासिन सक्ने डरका कारण धेरै पैदलयात्री फुटपाथ छाडेर सडकको किनार हुँदै हिँडिरहेका देखिन्छन्। यसले तीव्र गतिमा गुड्ने सवारीसाधनसँग दुर्घटनाको जोखिम समेत बढाएको छ।
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च
सुकुम्वासीको उठिबास नगर्न र मानव अधिकारको रक्षा गर्न सरकारलाई आयोगको निर्देशन
पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु
राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास
टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ
राहदानी विभागअगाडि आत्मदाहको प्रयास
मौलापुरमा प्रधानमन्त्री बालेनको पुतला दहन
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी
इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस अघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताएका छन् ।
लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने जनाउदै, काट्जको कार्यालयले विज्ञप्ति जारी गरेको छ ।

उनले दक्षिणी लेबनानमा इजरायली सेना लेबनानमा हेजबुल्लाहलाई निशस्त्र नगराउदा सम्म आवश्यक रहने कुरामा जोड दिए ।
काट्जले इजरायली सेनालाई लेबनानका लागि एक बलियो सुरक्षा कवजको रुपमा वर्णन गर्दै सेनाले पश्चिममा भूमध्य–सागर देखि दक्षिणी लेबनानको अर्नुन नजिकैको ब्युफोर्ट क्यासलसम्म फैलिएको क्षेत्र र पूर्वमा माउन्ट हर्मन सम्मको क्षेत्र ओगटेको बताएका छन् ।
उनले इजरायली सेना उत्तरी इजरायलको गालीलका बासिन्दाहरूलाई अनावश्यक छापा, गालाबारी र विभिन्न द्वन्द्व जन्य खतराहरूको कहर बाट जोगाउनका लागि निरन्तर सक्रिय रहेको बताएका छन् ।
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको इरानको आरोप
अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति
चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता
हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित












प्रतिक्रिया