हतियारसहित चार जना पक्राउ | Khabarhub Khabarhub

हतियारसहित चार जना पक्राउ


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ ‘एभरेष्ट होलिडे इन होटल’बाट अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका भीम सुर्खेती, सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र लोकेन्द्रबहादुर आले रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले होटलको ४०४ नम्बर कोठाबाट हतियारसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग एक पेस्तोल, एक म्यागजिन र छ राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : २० बजे

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग  आर्थिक

फोहोर व्यवस्थापन एप सार्वजनिक  

काठमाडौं– नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको

उखु किसानको आन्दोलन : नेताहरूको ओइरो, समस्या जस्ताको त्यस्तै (तस्बिरहरू)

काठमाडौं– उखु किसानलाई सरकारले  दिँदै आएको बक्यौता अनुदान रकम ७०