ब्राउन सुगरसहित ७ जना पक्राउ, ६१ हजार नगद बरामद « Khabarhub

ब्राउन सुगरसहित ७ जना पक्राउ, ६१ हजार नगद बरामद


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगर सहित सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरेश घर्तिमगर, संगीत बस्नेत, नरेन्द्र रसाईली, बलदेव वली, सरोज पुरी, गौरव न्यौपाने र शंकर चौधरी रहेका छन् ।

दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ प्रकृति टोलस्थित सुरेश घर्तीको घरमा अबैध लागु औषध (ब्राउन सुगर)को कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर २३ पिस प्लास्टिक सहित (४ ग्राम ९० मिली तौल) र नगद रु ६१ हजार ८ सय १५ रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरी ५ को म्याद थपेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बा ६० प ४९७० नम्बरको मोटरसाइकाल, विभिन्न कम्पनीका मोवाईल १३ थान र ब्राउन सिगर तौलन प्रयोग गरीने वयट मेसिन वरामद गरिएको प्रहरीले जनाएका छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ३८ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्