ब्राउन सुगरसहित ७ जना पक्राउ, ६१ हजार नगद बरामद | Khabarhub Khabarhub

ब्राउन सुगरसहित ७ जना पक्राउ, ६१ हजार नगद बरामद


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगर सहित सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरेश घर्तिमगर, संगीत बस्नेत, नरेन्द्र रसाईली, बलदेव वली, सरोज पुरी, गौरव न्यौपाने र शंकर चौधरी रहेका छन् ।

दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ प्रकृति टोलस्थित सुरेश घर्तीको घरमा अबैध लागु औषध (ब्राउन सुगर)को कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर २३ पिस प्लास्टिक सहित (४ ग्राम ९० मिली तौल) र नगद रु ६१ हजार ८ सय १५ रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरी ५ को म्याद थपेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बा ६० प ४९७० नम्बरको मोटरसाइकाल, विभिन्न कम्पनीका मोवाईल १३ थान र ब्राउन सिगर तौलन प्रयोग गरीने वयट मेसिन वरामद गरिएको प्रहरीले जनाएका छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ३८ बजे

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी