दशैंमा माछा–मासुको अभाव नहुने मन्त्री खनालको दाबी  « Khabarhub

दशैंमा माछा–मासुको अभाव नहुने मन्त्री खनालको दाबी 


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुन्छी विकास मन्त्रालयले यो वर्षको दशैं तथा तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने जनाएको छ ।

मन्त्रालयले प्रमुख चार्ड पर्वलाई लक्षित गरी पशुपन्छी र पशुजन्य पदार्थको आपूर्ति योजना बनाएर लागू गरेका कारण माछामासुको अभाव नहुने दाबी गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले निरोगिताको प्रमाण पत्रबिना खसीबोका आयातमा प्रतिवन्ध लगाएपछि माछामासुको हाहाकार हुने भयो भनेर बिचौलियाले भ्रम छरेको बताए ।

मन्त्री खनाल व्यवसायीहरुले नेपाली खसी/बोका/राँगा लगायतका पशुबस्तुलाई स्थानीय स्तरमा संकलन र बिक्रि बितरणमा प्राथमिकता दिएको बताए ।

आवश्यक प्रक्रिया पुर्‍याइ निरोगिताको प्रमाणपत्र सहित छिमेकी मुलुकबाट समेत आयात सुरु गरिएकाले माछा मासुको अभाव नहुने मन्त्री खनालले बताए ।

मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य शहरहरुमा खसीबोकाको औसत माग संख्या प्रतिदिन १८४० रहेकोमा २ हजार ३० वटा नेपाली बजारबाटै आपूर्ति भइरहेको छ ।

दशैको ७ दिन र अन्य चार्डको मुख्य दिन सहितको दश दिन काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुको औसत माग प्रतिदिन ५००० पुग्ने अनुमान मन्त्रालयले गरेको छ ।

विगत बर्षहरुको तथ्याङ्क हेर्दा मुख्य चाडबाडको दश दिनमा आवश्यक माग ५००० मध्य २५०० खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा बंशी शर्माले बताए ।

यस हिसाबले काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुमा दशैंको ७ दिन र अन्य चाडको मुख्य दिनमा खसी, बोका र च्याङ्ग्राको कुल माग संख्या ५० हजार हुन्छ ।

दशै तिहार नजिकिएसँगै खसीबोकाको मूल्य आकासिएको गुनासो उपभोक्ताले गरेका छन् । एक किलो खसीको मूल्य १३–१५ सयसम्म पुगेको गुनासो उपभोत्ताहरुको छ ।

भारतबाट खसीबोका आयात नभएको र चार्डवार्डले च्याप्दै लगेपछि व्यापारीहरुले मिलोमतोमा मूल्य बृद्धि गरेका छन् । तर यसरी मूल्य बृद्धि गर्नु पर्ने जायज कारण र अवस्था नभएको पशु सेवा विभागका महानिर्देशक डा शर्मा बताउँछन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ५६ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको