उर्जामन्त्री पुन जापानी राजदूतबीच भेटवार्ता, उर्जा संयन्त्र बनाउने विषयमा छलफल « Khabarhub

उर्जामन्त्री पुन जापानी राजदूतबीच भेटवार्ता, उर्जा संयन्त्र बनाउने विषयमा छलफल


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमण सफल भएको र उक्त भ्रमणमा भएका सहमतीलाई अघि बढाउन मन्त्रालयले काम गरिरहेको बताए ।

उनले जापान नेपालको पुरानो र विश्वासिलो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी जापानको उच्चस्तरिय भ्रमण सकेर नेपाल फर्केको भन्दै आगामी दिनमा पनि उच्चस्तरमा द्धिपक्षिय भ्रमण जारी रहने विश्वास व्यक्त गरे ।

नेकपाका नेता समेत रहेका मन्त्री पुनले आफ्नो जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना र जापानसंग उर्जा समझदारीमा हस्ताक्षर गर्नेमा छलफल भएको भन्दै त्यसको प्रगतीबारे पनि उनले राजदूतसंग छलफल गरे ।

त्यसका साथै सिंचाई र कृषीको क्षेत्रमा समेत जापानी सहयोग मिल्ने विश्वास आफुलाई रहेको मन्त्री पुनको भनाई थियो । भेटमा जापानी राजदूतले कृषी र सिंचाईको क्षेत्रमा सहयोग गर्न आफुहरु इच्छुक रहेको धारणा राखे ।

उनले नलसिंङ जलविद्युत आयोजनालाई अघि बढाउने विषय जापानले पनि प्राथमिकतामा राखेको भन्दै चांडै सुखद खवर प्राप्त हुने र उर्जा क्षेत्रमा सहकार्य गर्नेमा पनि चांडै प्रगती हासिल हुने जानकारी दिए ।

भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिकोको समेत उपस्थिती थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : ३७ बजे

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व