तिहारमा लक्ष्मीमातालाई खुसी पार्न चढाउनुहोस् यी पाँच चीज | Khabarhub Khabarhub

तिहारमा लक्ष्मीमातालाई खुसी पार्न चढाउनुहोस् यी पाँच चीज


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा लक्ष्मीमाताको पूजा गरिन्छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । जसमा एक दिन लक्ष्मी पूजा गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याउन बाटोदेखिनै पूजाकोठासम्म दियो बाली झिलिमिली पारिन्छ ।

यो वर्ष लक्ष्मी पुजा र कुकुर तिहार एकै दिन परेको छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् ।

यस वर्ष लक्ष्मी पूजा कार्तिक १० गते आइतबार परेको छ । यो दिन लक्ष्मीपूजाको विधि अनुसार पूजा गर्नाले घरको गरिबी हट्ने घरमा सुख शान्ति छाउने भन्ने विश्वास गरिन्छ ।

लक्ष्मीमातालाई खुसी बनाउन लक्ष्मी पूजाको दिन यस्ता चीज चढाउनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

१. लक्ष्मी पूजाको दिन बिहान चाडै उठ्नुहोस । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस्।

२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस्।

३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।

४. पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।

५. यस रात पाँच साबुत सुपाडी ,कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।

यसो गर्दा लक्ष्मी प्रसन्न हुने सो घरमा सदा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ३० बजे

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति