फ्राइडे रिलिज: आजबाट पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ रिलिज « Khabarhub

फ्राइडे रिलिज: आजबाट पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ रिलिज


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालका हलमा चलचित्र ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रको रिलिजअघि भने खासै चर्चा छैन ।

अर्कातिर यो फिल्म हिन्दी फिल्म ‘हाउसफूल ४’ को मारमा पर्ने देखिएको छ । शिशिर राणाले निर्देशन गरेको यो कमेडी फिल्ममा मान्छे कालो भए पनि मन सफा हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

चलेका कलाकार भए पनि क्रेज देखाउन नसकेको यो फिल्मले मल्टिप्लेक्स हलमा पनि न्यून शो पाएको छ ।

चलचित्र ‘हाउसफूल ४’ र ‘मेड इन चाइना’ पनि आजैदेखि प्रदर्शनमा आएका छन् । यस्तै चलचित्र ‘छ माया छपक्कै’ र अन्य हलिउड फिल्म पनि हलमा प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १० : १७ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा