ट्रम्प महाभियोगः जाँचबुझका क्रममा रिपब्लिकन सांसदले गरे अवरोध « Khabarhub

ट्रम्प महाभियोगः जाँचबुझका क्रममा रिपब्लिकन सांसदले गरे अवरोध


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिन गरिरहेको एउटा संसदीय समितिको काममा रिपब्लिकन सांसदहरूले अवरोध पुर्‍याएका छन्।

डेमोक्र्याट सांसदहरूले नेतृत्व गरिरहेको उक्त छानबिनको बन्दसत्रमा पेन्टागनका एक वरिष्ठ विज्ञले बयान दिन लाग्दा २० भन्दा बढी रिपब्लिकन सांसदहरू छिरेर बाधा पुर्‍याएका हुन्।

रक्षा मन्त्रालयकी अधिकारी लौरा कूपर उक्त समितिमा बयान दिन गएकी थिइन्। त्यही बेला रिपब्लिकन सांसदहरूले आफूले पनि बन्दसत्रमा लिइएको बयान हेर्न पाउनुपर्ने माग राख्दै छिरेका थिए।

विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदहरूले रिपब्लिकन पक्षले राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन्।

महाभियोगसम्बन्धी छानबिन गरिरहेको उक्त समितिले राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीबाट हटाउने प्रयास गरेको रिपब्लिकन सांसदहरूको आरोप छ। उक्त समितिमा दुवै दलका सांसदहरू सदस्य छन्।

डेमोक्र्याटहरूले रिपब्लिकनहरूले रुस र चीनलाई सहयोग गरिरहेको आरोप लगाएका छन्। पाँच घण्टाको विलम्बपछि समितिले ट्रम्पलाई लागेका आरोपमा साक्षीका रूपमा बोलाइएकी कूपरको बयान लिन सक्यो।

राष्ट्रपति ट्रम्पले यो साता आफूविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझमा कठोर हुन र त्यसविरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेका थिए।

डेमोक्र्याटिक दलका एक सांसद टेड ल्यूले ट्रम्पले भूतपूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध अनुसन्धान गर्ने विषयमा युक्रेनका समकक्षीसँग टेलिफोन वार्ता गरेकोबारे कूपरसँगको बयानले थुप्रै प्रमाणको खुलासा गर्ने भएकाले रिपब्लिकनहरू त्रसित भएको बताए।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बाइडन ट्रम्पका सम्भावित प्रतिद्वन्द्वी हुन्। राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच जुलाई २५ मा भएको टेलिफोन संवादको लिखित विवरणले ट्रम्पले बाइडन र उनका छोरा हन्टरविरुद्ध लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्न आह्वान गरेको देखाउँछ।

बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइनुपर्छ भनेर प्रत्यक्ष आह्वान गरिसकेका छन्। डेमोक्र्याटहरूले कङ्ग्रेसमा थालेको महाभियोगको छानबिनलाई ह्वाइट हाउसले नसघाउने जनाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १० : ३८ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको