थाई राजाले गरे ६ कर्मचारीलाई सेवाबाट बर्खास्त « Khabarhub

थाई राजाले गरे ६ कर्मचारीलाई सेवाबाट बर्खास्त


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाईल्यान्डका राजा महा वाचिरालङ्कनले ६ जना कर्मचारी सेवाबाट बर्खास्त गरेका छन्।

विश्वासघात र दुर्व्यवहार गरेको भन्दै आफ्नी उपपत्नीका सबै उपाधि खोसिदिएको केही दिनपछि उनले आफ्ना कर्मचारीलाई पनि सेवाबाट हटाएका हुन् ।

राजाले पदमुक्त गरिदिएका कर्मचारीमा एक महिला, एक वरिष्ठ प्रहरी अधिकारी तथा दुई शाही सुरक्षासेवक पनि छन्। उनीहरूलाई आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

राजपत्रमार्फत् सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘उनीहरूले आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेर अनुशासनको गम्भीर उल्लङ्घन गरेका छन्।’

सोमवार राजकीय उपपत्नी सिनीनात वङ्वाचिराफाकका सबै पद तथा उपाधिहरू खोसिएको थियो। चौतीस वर्षीया सिनीनातले ‘महारानी सरहको मान्यता पाउने प्रयत्न गरेको’ भन्दै उनलाई राजाले दण्ड दिएका थिए ।

राजा वाचिरालङ्कनले आफ्ना पिताको भन्दा पृथक् तरिकाले शक्तिको प्रयोग गरिरहेका छन्। थाईल्यान्डको राजद्रोह सम्बन्धी कानूनले राजाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ११ : १७ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता