थाई राजाले गरे ६ कर्मचारीलाई सेवाबाट बर्खास्त « Khabarhub

थाई राजाले गरे ६ कर्मचारीलाई सेवाबाट बर्खास्त


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाईल्यान्डका राजा महा वाचिरालङ्कनले ६ जना कर्मचारी सेवाबाट बर्खास्त गरेका छन्।

विश्वासघात र दुर्व्यवहार गरेको भन्दै आफ्नी उपपत्नीका सबै उपाधि खोसिदिएको केही दिनपछि उनले आफ्ना कर्मचारीलाई पनि सेवाबाट हटाएका हुन् ।

राजाले पदमुक्त गरिदिएका कर्मचारीमा एक महिला, एक वरिष्ठ प्रहरी अधिकारी तथा दुई शाही सुरक्षासेवक पनि छन्। उनीहरूलाई आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

राजपत्रमार्फत् सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘उनीहरूले आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेर अनुशासनको गम्भीर उल्लङ्घन गरेका छन्।’

सोमवार राजकीय उपपत्नी सिनीनात वङ्वाचिराफाकका सबै पद तथा उपाधिहरू खोसिएको थियो। चौतीस वर्षीया सिनीनातले ‘महारानी सरहको मान्यता पाउने प्रयत्न गरेको’ भन्दै उनलाई राजाले दण्ड दिएका थिए ।

राजा वाचिरालङ्कनले आफ्ना पिताको भन्दा पृथक् तरिकाले शक्तिको प्रयोग गरिरहेका छन्। थाईल्यान्डको राजद्रोह सम्बन्धी कानूनले राजाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ११ : १७ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी