प्रहरीले बुझायो महरामाथिको अनुसन्धान प्रतिवेदन, कैद तथा सजाय माग « Khabarhub

प्रहरीले बुझायो महरामाथिको अनुसन्धान प्रतिवेदन, कैद तथा सजाय माग


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महारामाथि लागेको बलात्कार प्रयाससम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महारामाथिको मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए । २० दिन लगाएर तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको उनले बताए ।

महारालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको स्रोतले बतायो ।

अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ । मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि सरकारी वकिलको कार्यालयलाई छ । यस सम्बन्धीको निर्णय भने शुक्रबार आउने सम्भावना कम रहेको स्रोतको भनाइ छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी साहीमाथि बलात्कार प्रयासको आरोपमा उनलाई गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो ।

गत असोज १२ गते राति शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महारामाथि किटानी जाहेरी परेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ४ : ३९ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी