उपनिर्वाचनका लागि भक्तपुरमा ५४ मतदान केन्द्र निर्धारण « Khabarhub

उपनिर्वाचनका लागि भक्तपुरमा ५४ मतदान केन्द्र निर्धारण


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले आज यसबारे जानकारी दिँदै उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको यसक्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए ।

यसक्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । विसं २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा ७४८ महिला र ७३६ पुरुष गरी कूल एक हजार ४८४ मतदाता थपिएको उनले बताए । निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको पनि उनले जानकारी दिए ।

विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित हरिशरण लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि दलहरुले निर्वाचनको तयारी र छलफललाई तीव्र पारेका छन् ।

आगामी मङ्सिर १४ गते देशभर ३७ जिल्लामा रिक्त पदहरुमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन र स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ०३ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१