प्रधानमन्त्री ओलीबाट बाङडुङ सिद्धान्तमाथिको छलफलमा अध्यक्षता ग्रहण « Khabarhub

प्रधानमन्त्री ओलीबाट बाङडुङ सिद्धान्तमाथिको छलफलमा अध्यक्षता ग्रहण


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको अध्यक्षता ग्रहण गरेका छन् ।

नाम सम्मेलनको प्रमुख विषय ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ रहेको छ । बैठक बाकु कन्भेन्सन सेन्टरमा आयोजना भइरहेको छ ।

असंलग्न आन्दोलनका वर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानका राष्ट्रपति इलहाम अलियेभपछि उक्त सत्रमा प्रधानमन्त्री ओलीले अध्यक्षता लिएका हुन् । उनले १९ औँ राष्ट्र वा सरकार प्रमुखको सम्बोधनसम्म सो बैठकको अध्यक्षता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले २० औँ सरकार प्रमुखका रुपमा सो छलफललाई सम्बोधन गर्नेछन् । यसपछि राष्ट्रपति अलियेभले पुनः अध्यक्षता लिने जनाइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : २१ बजे

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५

धितो लिलामी मुद्दामा बैंकका अधिकारीमाथि मुद्दा चलाएकोप्रति सिबिफिनको आपत्ति

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामीको नियमित प्रक्रियालाई

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ