तिहारको मुखमा विद्युत आपूर्ति नहुँदा २९ हजार सेवाग्राही मर्कामा « Khabarhub

तिहारको मुखमा विद्युत आपूर्ति नहुँदा २९ हजार सेवाग्राही मर्कामा


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नेपाल विद्युत् प्राधिकरणको नवलपरासीको बर्दघाटमा रहेको १३२/११ केभी सवस्टेशनमा भएको आगलागीका कारण २९ हजार सेवाग्राही मर्कामा परेका छन् ।

प्राधिकरणले दिइरहेको नियमित विद्युत् आपूर्तिमा समस्या आएको र वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिरहेको जनाएको छ ।

आगलागीका कारण सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको हो । आगलागी के कति कारणले भयो भन्नेबारेमा छानबिन भइरहेको प्राधिकरणले जनाएको छ ।

नियन्त्रण कक्षमा पस्ने दुईवटा ‘इन्कमर’ र त्यहाँबाट बाहिर निस्कने दुईवटा ‘आउट गोइङ’ फिडरमा आगलागी भएको छ । आगलागीबाट ‘इन्कमर’ र ‘आउट गोइङ’ फिडरहरु पूर्णरुपमा क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले भने, “गए राति आगलागी भएको हो, नियन्त्रण कक्षमा रहेको कन्ट्रोल प्यानललगायत अन्य उपकरण पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, आगलागी के कारणले भएको हो त्यसको छानबिन गरिरहेका छौँ ।”

प्राधिकरणले शुक्रबार नै आगलागी भएको स्थानको स्थलगत निरीक्षण गर्न ग्रीड विकास विभागका निर्देशकको टोलीलाई काठमाडौँबाट त्यहाँ पठाएको छ ।

सवस्टेशनमा आगलागी भएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको थियो । त्यहाँबाट बर्दघाट क्षेत्रका २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति भइरहेको थियो ।

प्राधिकरणले परासी, गण्डक र शीतलनगर सवस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । गत वर्ष पनि बर्दघाट सवस्टेशनको सोही नियन्त्रण कक्षमा आगलागी भएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ७ : ३१ बजे

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको