प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर 'भिटेन' रिहा | Khabarhub Khabarhub

प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर ‘भिटेन’ रिहा


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्‍यापर समीर घिसिङ (भिटेन) जमानतमा रिहा भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार समिरका बुबाको जमानतमा गायक भिटेन शुक्रबार बेलुका रिहा भएका हुन् ।

समिरविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने जनाएको थियो । तर, बुबाले जमानतमा रिहा गर्न माग गरेपछि उनलाई रिहा गरिएको एसपी सिंहले बताइन् ।

उनलाई प्रहरीले ललितपुरको झम्सिखेलबाट बिहीबार पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको थियो ।

उनले गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरेको आरोप लागेको छ । साथै भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो समेत आफ्नो फेसबुक प्रोफाइलमा राखेर विवादमा तानिएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : २७ बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल