प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर ‘भिटेन’ रिहा « Khabarhub

प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर ‘भिटेन’ रिहा


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्‍यापर समीर घिसिङ (भिटेन) जमानतमा रिहा भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार समिरका बुबाको जमानतमा गायक भिटेन शुक्रबार बेलुका रिहा भएका हुन् ।

समिरविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने जनाएको थियो । तर, बुबाले जमानतमा रिहा गर्न माग गरेपछि उनलाई रिहा गरिएको एसपी सिंहले बताइन् ।

उनलाई प्रहरीले ललितपुरको झम्सिखेलबाट बिहीबार पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको थियो ।

उनले गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरेको आरोप लागेको छ । साथै भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो समेत आफ्नो फेसबुक प्रोफाइलमा राखेर विवादमा तानिएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : २७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा