मंगलबार हनुमानको पूजा-पाठ गर्नाले हुन्छ कार्यसिद्धि « Khabarhub

मंगलबार हनुमानको पूजा-पाठ गर्नाले हुन्छ कार्यसिद्धि


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

शास्त्रअनुसार सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ ।

हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा सवै कार्यसिद्धि हुने विश्वास गरिन्छ । भगवान श्रीरामका परम भक्त हनुमानजीको पूजामा केही विशेष कुरामा ध्यान दिनुपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

मंगलबारको दिन हनुमानजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता, शौभाग्य मिल्नुका साथै मांगलिक दोष तथा क्रोध नियन्त्रण जस्ता दुष्प्रभावबाट मुक्ति मिल्नेछ । यस्तै जीवनको सबै मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ ।

हनुमानजीलाई प्रसन्न गर्न हनुमान चालिसाको पाठ वा सुन्दरकाण्डको पाठ गर्नु उत्तम हुनेछ । बिहान हनुमानजीको प्रसादको रुपमा गुड, नरिवल, लड्डु चढाउनु पर्छ ।

हनुमानजीको पूजा गर्ने व्यक्तिले ब्रह्मचर्यको पालना गर्न आवश्यक हुन्छ । सफासग्घर रहनुका साथै फोहोरी कुराबाट टाढा रहनु पर्दछ । शरीर तथा मनलाई पनि सँधै शुद्ध राख्नु पर्दछ ।

पूजामा रातो वा पहेलो रंगको फूल विशेष रुपमा चढाउनु पर्छ । यस्ता फूलमा कमल, गुलाब आदिको विशेष महत्व रहन्छ ।

मंगलबार यस्ता काम गर्नुहोस्

  • मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ ।
  • एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ ।
  • मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउनुहोस् । यसले जीवनमा रहेका समस्या समाधान गर्छ ।
  • मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।
  • शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ ।
  • मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ५३ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा