मंगलबार हनुमानको पूजा-पाठ गर्नाले हुन्छ कार्यसिद्धि « Khabarhub

मंगलबार हनुमानको पूजा-पाठ गर्नाले हुन्छ कार्यसिद्धि


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

शास्त्रअनुसार सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ ।

हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा सवै कार्यसिद्धि हुने विश्वास गरिन्छ । भगवान श्रीरामका परम भक्त हनुमानजीको पूजामा केही विशेष कुरामा ध्यान दिनुपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

मंगलबारको दिन हनुमानजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता, शौभाग्य मिल्नुका साथै मांगलिक दोष तथा क्रोध नियन्त्रण जस्ता दुष्प्रभावबाट मुक्ति मिल्नेछ । यस्तै जीवनको सबै मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ ।

हनुमानजीलाई प्रसन्न गर्न हनुमान चालिसाको पाठ वा सुन्दरकाण्डको पाठ गर्नु उत्तम हुनेछ । बिहान हनुमानजीको प्रसादको रुपमा गुड, नरिवल, लड्डु चढाउनु पर्छ ।

हनुमानजीको पूजा गर्ने व्यक्तिले ब्रह्मचर्यको पालना गर्न आवश्यक हुन्छ । सफासग्घर रहनुका साथै फोहोरी कुराबाट टाढा रहनु पर्दछ । शरीर तथा मनलाई पनि सँधै शुद्ध राख्नु पर्दछ ।

पूजामा रातो वा पहेलो रंगको फूल विशेष रुपमा चढाउनु पर्छ । यस्ता फूलमा कमल, गुलाब आदिको विशेष महत्व रहन्छ ।

मंगलबार यस्ता काम गर्नुहोस्

  • मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ ।
  • एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ ।
  • मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउनुहोस् । यसले जीवनमा रहेका समस्या समाधान गर्छ ।
  • मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।
  • शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ ।
  • मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ५३ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल