आँखाको अपरेसनले सन्दीपले साग गुमाउने | Khabarhub Khabarhub

आँखाको अपरेसनले सन्दीपले साग गुमाउने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आखाको अपरेनसका कारण नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन् ।

सोमबार भएको आँखाको अपरेसनले सन्दीपले घरेलु भूमिको साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए ।

पछिल्लो समय सन्दीपको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । सन्दीपको शल्यक्रिया ठीक हुन २ हप्ता देखि २० दिन लाग्ने नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले जानकारी दिए ।

सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।

सन्दीप हालै युएईमा सम्पन्न टी-१० लिग खेलेर फर्किएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : ५७ बजे

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा