४ करोड ४० लाख वर्ष पुरानो क्याटरपिलरको जीवाश्म भेटियो | Khabarhub Khabarhub

४ करोड ४० लाख वर्ष पुरानो क्याटरपिलरको जीवाश्म भेटियो


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैज्ञानिकहरूले ४ करोड ४० लाख वर्ष पुरानो क्याटरपिलरको जीवाश्म भेटेको बताएका छन्। साइन्टिफिक रिपोट्स जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार उक्त जीवाश्म ठूलो प्रजातिको पुतलीको हो।

म्युनिखस्थित बभारियन स्टेट कलेक्सन अफ जुलोजीका अनुसन्धाताले ५ मिलिमिटरको यो लार्भालाई युजियोमिटर भाडेन्स नामाकरण गरेका छन्। यो लार्भा जियोमेट्राइडे पुतली परिवार अन्तर्गत पर्दछ जसका करिब २३ हजार भिन्न प्रजाति छन्।

रूखको चेपमा फसेकाले उक्त क्याटरपिलरको विशिष्ट संरचना लाखौं वर्षसम्म जोगिएको वैज्ञानिकहरूले बताएका छन्।

‘यसरी क्याटरपिलर भेटिनु दुर्लभ कुरा हो। यति ठूलो प्रजातिको पुतलीको क्याटरपिलर यसरी भेटिएको यो नै पहिलो घटना हो,’ एक्सल हाउसम्यानले भने। उनले अनुसन्धान प्रतिवेदनको सह लेखन गरेका छन्।

अधिकांश पुतलीका प्रजातिभन्दा भिन्न जियोमेट्राइडे क्याटरपिलरको दुई वा तीन जोडी खुट्टा हुन्छन्। अन्यको सामान्यतया पाँच जोडी खुट्टा हुन्छ। यस कारण उनीहरूको चाल अनौठो हुन्छ। अगाडिको खुट्टालाई पछाडिका खुट्टासम्म धकेल्छन् र तन्किन्छन्। यही प्रक्रियालाई दोहोर्यायएर उनी यता उता हिड्छन्।

यो जीवाश्मले इयोसिन युगमा (तीन करोड ४० लाखदेखि पाँच करोड ६० लाख वर्षअघि) उद्विकासको प्रक्रियाबारे जानकारी दिने अनुसन्धाताहरूले बताएका छन्। त्यतिबेला पुतलीका प्रजातिले अन्तर्क्रिया गर्ने फुल्ने वनस्पती स्थापित भइसकेका थिए।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ५५ बजे

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन्

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

धनगढी– गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा