तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम « Khabarhub

तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ ।

गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीलाई क्याल्सियम नियमित खान सिफारिश गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ ।

नगरपालिकाको सो निर्णयपछि अब तिलोत्तमाका सबै गर्भवतीले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हाड तथा मानसिक विकासका लागि क्याल्सियम आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

आमाको गर्भबाटै शिशुले आवश्यक पोषक तत्व पाउन सकून् भन्ने उद्देश्यले गर्भवतीलाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

उनले भने, ‘कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौँ, आवश्यक प्रक्रियापछि सबै गर्भवतीले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत निःशुल्क क्याल्सियम पाउनुहुनेछ ।’

नगरपालिकाका १० सरकारी स्वास्थ्य संस्थामार्फत वार्षिक तीन हजार बढी महिलाले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनै पनि शिशु पोषकतत्वका अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताए ।

क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा रुक्सना हकले क्याल्सियमले गर्भवतीमा ढाड दुख्ने, हाड खिइनेजस्ता समस्यालाई पनि कम गर्ने बताइन ।

नगरपालिकाले सङ्घीय सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवासुविधाको अतिरिक्त प्रसूति केन्द्रमा सुत्केरी सेवा लिनेलाई ५ सय रुपैयाँ प्रोत्साहन भत्तासमेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताए ।

तिलोत्तमाका सेमराबजार र आनन्दवन स्वास्थ्यचौकीमा प्रसूति केन्द्र छन् । सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्‍याउने योजनानुरुप चालू आवमा तिलोत्तमामा थप पाँच वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : ०८ बजे

क्यान्सरसँग हारेका क्यान्सर विज्ञको गुहार : ‘ठूला विदेशी अस्पतालको माया पाइनँ, जसरी भएपनि बचाओ’

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित