प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको आशंका « Khabarhub

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको आशंका


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– स्वास्थ्य अवस्था विग्रिएपछि त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् ।

प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका एक चिकित्सकले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले पनि चिकित्सकहरुले परीक्षण गरिरहेकाले एपेन्डिसाइटिस भएको भनेर यकीनसाथ भन्न सकिने अवस्था नरहेको बताए ।

‘समस्या के हो भनेर अहिले पनि चिकित्सकहरुले परीक्षण गरिरहनुभएको छ,’ थापाले खबरहबसँग भने, ‘चिकित्सकहरुको परीक्षण नसकिएका कारण अहिले नै एपेन्डिसाइटिस भएको कसरी भन्ने ?’

प्रधानमन्त्री ओली अहिले मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कोरोनरी केयर युनिट (सीसीयू)मा भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार विहान मनमोहन सेन्टर लगिएको थियो ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी समेत हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा फेरि समस्या देखिएको छ ।

हाल नियमित डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीको आइतबार मात्रै ग्रान्डी अस्पतालमा चौथोपटक डायलाइसिस गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : ११ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा