प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशन शुरु | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशन शुरु


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको अपरेशन शुरु भएको छ ।

पेट दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको ‘कन्फर्म’ भएपछि चिकित्सकहरुले अपरेशन शुरु गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई केही समय अगाडि मात्रै अपरेशन थिएटरमा लगिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको उपचारमा त्रिवि शिक्षण अस्पताल र मनमोहन सेन्टरका चिकित्सकको टोली सहभागी छ ।

स्वास्थ्य अवस्था विग्रिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार विहान मनमोहन सेन्टर लगिएको थियो ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी समेत हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा फेरि समस्या देखिएको छ ।

हाल नियमित डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीको आइतबार मात्रै ग्रान्डी अस्पतालमा चौथोपटक डायलाइसिस गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : ३६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र