प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशन शुरु « Khabarhub

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशन शुरु


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको अपरेशन शुरु भएको छ ।

पेट दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको ‘कन्फर्म’ भएपछि चिकित्सकहरुले अपरेशन शुरु गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई केही समय अगाडि मात्रै अपरेशन थिएटरमा लगिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको उपचारमा त्रिवि शिक्षण अस्पताल र मनमोहन सेन्टरका चिकित्सकको टोली सहभागी छ ।

स्वास्थ्य अवस्था विग्रिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार विहान मनमोहन सेन्टर लगिएको थियो ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी समेत हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा फेरि समस्या देखिएको छ ।

हाल नियमित डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीको आइतबार मात्रै ग्रान्डी अस्पतालमा चौथोपटक डायलाइसिस गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : ३६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु