प्रधानमन्त्री ओलीलाई भएको एपेन्डिसाइटिस के हो ? यस्ता छन् बच्ने उपाय « Khabarhub

प्रधानमन्त्री ओलीलाई भएको एपेन्डिसाइटिस के हो ? यस्ता छन् बच्ने उपाय


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । उनी अहिले त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छ ।

प्रधानमन्त्री ओलीलाई देखिएको एपेन्डिसाइटिस रोग नेपालीहरुमा कमन समस्याको रुपमा रहेको छ । एपेन्डिसाइटिस ‘रोग’बाट धेरै नेपालीहरु पीडित रहेको वीर अस्पतालका पेट रोग विशेषज्ञ डाक्टर भुपेन्द्र बस्नेतले बताए ।

उनले भने, ‘एपेन्डिसाइटिस रोग नेपालीहरुमा कमन समस्याको रुपमा देखिएको छ, यसको समयमा उपचार नगरेमा ज्यानै जाने खतरा समेत रहन्छ ।’

डा बस्नेतका अनुसार हाम्रो शरीरको ठूलो आन्दामा हातको औंला जस्तै देखिने एउटा ‘थैली’ जोडिएको हुन्छ । जसलाई एपेन्डिस्क भनिन्छ । उक्त थैली ‘एपेन्डिस्क’मा कुनै संक्रमण भएमा एपेन्डिसाइटिस हुन्छ ।

ठूलो आन्द्रासँगै जोडिएको हुने भएकाले कहिलेकाहिँ एपेन्डिस्कमा दिशा वा अन्य कुराहरु अड्किने सम्भावना पनि हुन्छ । यस्तै पेटमा हुने अन्य जीवाणुबाट पनि यसमा संक्रमण हुन्छ । सोही संक्रमणले एपेन्डिसाइटिस हुने गर्छ ।

कसरी थाहा पाउने ?

एपेन्डिसाइटिसको शुरुवाती लक्षण भनेको पेट दुख्नु नै हो । नाइटो वरपर अचानक पीडा शुरु भएर यस्तो पीडा विस्तारै पेटको दाहिनेतिर सर्दै जान्छ ।

कतिपय व्यक्तिलाई वान्ता हुने समस्या पनि हुन्छ । विस्तारै भोक नलाग्ने, निद्रा नलाग्ने, अनुहार रातो हुने समस्याहरु आउँछ ।  कतिपय व्यक्तिले यस्तो दुखाइका बेला दुखाइ कम गर्ने औषधि समेत सवेत गर्ने गर्छन् । तर, चिकित्सकहरु औषधि सेवन गर्दा झन समस्या बढ्न सक्ने बताउँछन् ।

एपेन्डिसाइटिसको समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउनु नै उत्तम विकल्प हुने पेट रोग विशेषज्ञ डाक्टर भुपेन्द्र बस्नेत बताउँछन् ।

एपेन्डिसाइटिस भएका बिरामीको पेटको शल्क्रिया गरेर ठूलो आन्दामा जोडिएको एपेन्डिक्समा रहेको फोहोर पदार्थ र संक्रमणको भाग निकाल्नुपर्छ । पेन्डिसाइटिस भएका बिरामीको तत्काल उपचार नगरिए यसले दीर्घकालीन रुपमा असर पुर्‍याउँछ । तत्काल उपचार नभए एपेन्डिसाइटिसबाट बिरामीको मृत्यु समेत हुनसक्छ ।

एपेन्डिसाइटिस एक्युट र क्रोनिक दुई प्रकारको हुन्छ । एक्युट एपेन्डिसाइटिस भएमा यसको विकास तीव्र गतिमा हुन्छ । शुरुमा यसको पहिचान गर्न गाह्रो हुने भएकाले सर्जरी नै गर्नुपर्ने हुन्छ । एपेन्डिक्समा जीवाणुको संक्रमण दिसा वा अन्य कुराहरु अड्किदा जोखिम हुन्छ । जसले गर्दा बिरामीको मृत्यु नै हुन्छ ।

यस्तै क्रोनिक एपेन्डिसाइटिस हुँदा पेट लामो समयसम्म दुख्छ । यसले एपेन्डिक्स र मलद्वार सुनिने समस्या निम्त्याउँछ । एपेन्डिसाइटिसको उपचार पेट चिरेर गरिने शल्यक्रिया वा ल्याप्रोसकोपीद्धारा पेट नचिरी पनि निकालिन्छ ।

एपेन्डिसाइटिसबाट कसरी बच्ने ?

– खानामा धेरै मैदा र जंक फुडहरु प्रयोग नगर्ने ,

– रातिसम्म धुम्रपान र मध्यपानको सेवन नगर्ने,

– राति धेरै चिया तथा कफी सेवन नगर्ने,

– डेरीबाट उत्पादित खानेकुरा धेरै नखाने ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : ३१ बजे

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर