शुल्क फिर्ता नगर्ने मेडिकल कलेजको अडान « Khabarhub

शुल्क फिर्ता नगर्ने मेडिकल कलेजको अडान


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– निजी मेडिकल कलेज सञ्चालहरुले बढी लिएको शुल्क फिर्ता नगर्ने अडान राखेका छन् ।

सरकारले शुल्क फिर्ताको लागि दिएको १५ दिने अन्तिम अल्टिमेटम सकिँदा पनि निजी मेडिकल कलेजहरुले शुल्क फिर्ता नगर्ने अडान राखेका हुन् ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शुल्कको विषयमा आज (मंगलबार) पनि शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज सञ्चालसँग बैठक बसेका थिए ।  बैठकमा निजी मेडिकल कलेज सञ्चालहरुले शिक्षा मन्त्री पोखरेल समक्ष काठमाडौं विश्व विद्यालयकै निर्देशनमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ता गर्न नसक्ने बताए ।

‘समायोजन गर्ने प्रतिवद्धता हामीले व्यक्त गरेका छौं, हामीले काठमाडौं विश्व विद्यालयले तोकेअनुसार लिएका हौं । मन्त्रिपरिषदले तोकेको भन्दा बढी लिएका छौं,’बैठकबाट निस्किँदै मेडिकल कलेज सञ्चालकले भने, ‘शुल्क फिर्ता गर्न सक्दैनौं ।’

निजी मेडिकल कलेज सञ्चालकहरुले शुल्क फिर्ता नगर्ने अडान राखेपछि शिक्षा मन्त्रीले सो बैठक स्थगन गरेका थिए ।

बैठकमा ६ वटा मेडिकल कलेज मात्र सहभागि थिए । सिनामंगलको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, चितवनको कलेज अफ मेडिकल साइन्स, पाल्पाको लुम्बिनी मेडिकल कलेज, काठमाडौंको नेपाल मेडिकल कलेज, कोलहरपुरको नेपलागञ्ज मेडिकल कलेज र मोरङको विराट मेडिकल कलेजले केयुकै परिपत्रमा शुल्क लिएको दावी गरेका छन् ।

उनीहरुले शिक्षा मन्त्रीलाई जानकारी गराएको पत्रमा विद्यार्थीसँग लिएको बढी शुल्क समयोजन गरिने प्रतिद्धता भने जनाएका छन् । तर पूर्ण रकम लिइसकेका विद्यार्थीको शुल्क भने फिर्ता गर्ने नगर्ने कुनै उल्लेख गरेका छैनन् ।

गृह मन्त्रालयमा मेडिकल शिक्षाको शुल्ककै विषयमा अहिले छलफल चलिरहेको छ । छलफलमा गृह मन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल लगायतको बैठक चलिरहेको स्रोतले बतायो ।

‘निजी मेडिकल कलेजहरुले शुल्क फिर्ताको लागि सहमति जनाएका छैनन्, अहिले गृह मन्त्रालयमा बैठक जारी छ,’ स्रोतले खबरहबसँग भन्यो, ‘ बैठक सकिएपछि नै शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई के गर्ने र अब कसरी अगाडी बढ्ने भन्ने टुंगो लाग्छ ।’

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् । विद्यार्थीको आन्दोलनपछि सरकारले कात्तिक २५ गते मेडिकल कलेज सञ्चालकहरुलाई १५ दिनभित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो ।

सरकारले दिएको अल्टिमेटम आज सकिएको छ । सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क फिर्ता नगरेर ठगी मुद्धामा कारबाही गर्ने सरकारले यसअघि नै चेतावनी दिएका थिए । तर सरकारले चेतावनी पछि पनि मेडिकल कलेजहरु शुल्क फिर्ता गर्न सहमत छैनन् ।

शिक्षामन्त्री पोखरेललाई बुझाइएको प्रतिवद्धता पत्र 

 

मेडिकल कलेजद्वारा पौने ३ अर्बको ‘ठगी’, कारबाहीका लागि विद्यार्थीको उजुरी कुर्दै सरकार

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ५५ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका