मन्त्री पुनद्वारा ग्रामिण विद्युतीकरणमा सहकार्य गर्न कतारसँग प्रस्ताव « Khabarhub

मन्त्री पुनद्वारा ग्रामिण विद्युतीकरणमा सहकार्य गर्न कतारसँग प्रस्ताव


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र कतार फण्ड फर डेभलोपमेण्टको प्रतिनिधीमण्डबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उर्जाममन्त्रालयमा भएको भेटवार्तामा नेपालको उर्जा, सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा लगानीको सम्भावना र दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो ।

भेटमा कतारी विदेशमन्त्रीका अन्तर्राष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समिर आर फ्रेङगीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताएका थिए । उनले कतारले नेपालको उर्जा,पयर्टन र कृषिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रहरुबारे चासो राखेका थिए । त्यसका साथै उर्जा क्षेत्रमा समेत आफूहरु लगानी गर्न तयार रहेको धारणा राखेका थिए ।

उर्जामन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध मजबूत हुने विश्वास व्यक्त गरे । उनले सरकारले उर्जाको क्षेत्रमा उदार नीति लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्न सक्ने प्रावधान रहेको भन्दै लगानीका लागी आग्रह गरे ।

‘सरकारले जलविद्युतमा उदार निती अवलम्वन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने निति हामिले लिएका छौं, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागी समेत उपयुक्त वातावरण छ ।’ भेटमा मन्त्री पुनले भने ।

उनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।

हाल ८० प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याइसकेको भन्दै उर्जामन्त्री पुनले सरकारले तीन वर्षभित्र देशभर विद्युतीकरण गर्ने योजना अघि सारेको भन्दै कतार सरकारसंग ग्रामिण विद्युतिकरणको क्षेत्रमा समेत सहकार्य गर्न सकिने प्रस्ताव राखेका थिए ।

नेपालमा उत्पादित विजुली सरकारले खरिदको ग्यारेण्टी गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देशबाहिर समेत भारत र बङगलादेश पनि क्षेत्रीय बजारका रुपमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : ४३ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि