‘बागी ३’ को शूटिङका क्रममा टाइगर श्राफलाई लाग्यो चोट « Khabarhub

‘बागी ३’ को शूटिङका क्रममा टाइगर श्राफलाई लाग्यो चोट


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता टाइगर श्राफका लागि यो वर्ष फलिफापको वर्ष भएको छ । उनको फिल्म ‘वार’ ले बक्स अफिसमा रेकर्ड तोडेको थियो ।

यतिबेला टाइगर फिल्म ‘बागी ३’ को शूटिङमा व्यस्त छन् । उनलाई यो फिल्ममा पनि एक्सन अवतारमा देख्न सकिनेछ ।

टाइगरलाई फिल्मको शूटिङका दौरान चोट लागेको छ । यो खबर टाइगर आफैले दिएका छन् । टाइगरले आफू घाइते भएको तस्वीर शेयर गरेर फ्यानलाई यसबारेमा जानकारी दिएका हुन् ।

टाइगरले तस्वीर शेयर गर्दै लेखेका छन् – ब्याटलफिल्डमा सामान्य कट्स र चोटको पहिलो सेट । आशा छ, यही नै अन्तिम हुनेछ । जबसम्म मैले नुहाउने छैन, त्यतिबेलासम्म यो देखिने छैन ।

 

View this post on Instagram

 

First set of scrapes and minor cuts from the battlefield..and hopefully last?doesnt look or feel like much until I take a shower?? #baaghi3

A post shared by Tiger Shroff (@tigerjackieshroff) on

उनको पोस्टमा फ्यानले कमेन्ट गरेका छन् । फ्यानले टाइगरलाई आफ्नो ख्याल गर्नसमेत अनुरोध गरेका छन् । टाइगरको सिक्स प्याक बडीका कारण पुरुष फ्यान पनि उत्तिकै छन् ।

टाइगरको हिट फिल्म ‘बागी’ सन २०१६ मा रिलिज भएको थियो । यो फिल्मपछि टाइगर श्राफको खुबै चर्चा भएको थियो । त्यसपछि सन् २०१८ मा यसको दोस्रो भाग रिलिज भएको थियो ।

एक्सन थ्रीलर ‘बागी ३’ लाई अहमद खानले निर्देशन गरिरहेका छन् । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । यो फिल्म सन् २०१२ मा प्रदर्शनमा आएको तमिल फिल्म ‘बेट्टाई’ को रिमेक हो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ४७ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित