जुम्लामा जलवायु अनुकूलनसम्बन्धी शिक्षा « Khabarhub

जुम्लामा जलवायु अनुकूलनसम्बन्धी शिक्षा


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका दुर्गम क्षेत्रका वडाहरुमा जलवायु अनुकूलनसम्बन्धी शिक्षा शुरु गरिएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालले सञ्चालन गरेको परियोजना क्याप्स कर्णाली परियोजनाले गाउँगाउँमा गएर स्थानीयहरुलाई भेला गराई जलवायु अनुकूलन शिक्षा दिन थालेको हो ।

जुम्ला, कालिकोट र मुगुका ४६ वडामा खाद्य सुरक्षासहित जलवायु अनुकूलनको कार्यक्रम शुरु गरिएको हो । जुम्लाका १०, कालिकोटका १६ र मुगुका २० वडामा कार्यक्रम लागु गरिएको आयोजक पेस नेपालले जनाएको छ ।

स्थानीय गाउँपालिका र वडापालिकाको साझेदारीमा कार्यक्रम लागू गरिएका गाउँहरुमा सामाजिक परिचालक, ओभरसियर र स्थानीय जनप्रतिनिधिहरुले स्थानीयवासीहरुलाई जलवाय अनुकूलता कसरी गर्नेदेखि खाद्य सुरक्षामा कसरी ध्यान दिने विषयसम्म जोड दिँदै आएका छन् ।

पेस नेपालका कार्यकारी अध्यक्ष किश्वर न्यौपानेले समसामयिक विषयको जलवायुसम्बन्धी शिक्षा कार्यक्रम लागू गरिएका क्षेत्रमा उपलब्ध गराउनुका साथै सोही गाउँमा ठोस योजना सम्झौता गरिएको जानकारी दिए ।

जुम्लामा मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु पाँच करोडको भौतिक पूर्वाधार, खाद्य सुरक्षा तथा अनुकूलन शिक्षासम्बन्धी कार्यक्रमको योजना छ ।

जुम्लाको तिला गाउँपालिकाको छ, हिमा गाउँपालिकाको दुई र तातोपानी गाउँपालिकाको दुई वडामा एक–एकवटा ठोस योजनासहित जलवायु अनुकूलनसम्बन्धी शिक्षा निरन्तर अगाडि बढाइएको अध्यक्ष न्यौपानले बताए । जिल्लाको तिला गाउँपालिका–७ घोडेसिम गाउँ एक दुर्गम बस्ती हो ।

९६ घरधुरी भएको सो बस्तीमा अहिलेसम्मकै गाउँको ठूलो योजना सिँचाइ कुलोसहित जलवायु अनुकूलनसम्बन्धी शिक्षा कार्यक्रम बोकेर वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा पेस नेपालले काम थालेको छ ।

भिरालो जग्गा र एकपछि अर्को गर्दै टाँसिएका घर भएका बस्तीले घोडेसिम गाउँमा आगन्तुकलाई लोभ्याउँछ । तर भिरालो जमीनमा गाउँ र खेतीयोग्य जमीन भएकाले सिँचाईको अभावमा विकासको पर्खाइमा रहेको सो गाउँ अब सिञ्चित हुने भएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले ४१ लाख १९ हजार ८१७ को लागतमा बन्ने ८९९ मिटर लम्बाइको सिँचाई कुलो निर्माण योजनाको सम्झौता गाउँको भेला गरी हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : १० बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले