श्रीमतीसँगै विदेश जान नमान्दा रामकृष्ण ढकालको डिभोर्स ! « Khabarhub

श्रीमतीसँगै विदेश जान नमान्दा रामकृष्ण ढकालको डिभोर्स !


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको खबरलाई लिएर अनेक टिका–टिप्पणी भएका छन् ।

ढकालले विभिन्न मिडियामा आएको डिभोर्सको समाचारलाई लक्षित गरी फेसबुकमा लेखेका छन् ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’

उनले पत्नीसँगको सेल्फी तस्वीर राख्दै सम्बन्ध कहिल्यै मर्ने छैन भनेर लेखिरहँदा पत्नी निलमले डिभोर्सका लागि अदालतमा पेश गरेको निवेदनको पनि सामाजिक सञ्चाजमा चर्चा भइरहेको छ ।

निवेदनमा निलमले डिभोर्स माग्नुको केही कारणहरु लेखेकी छिन् । जसमा एक– ‘परिवारलाई समय दिन नसकेको’ र अर्को– ‘विदेश जना नमानेको’ उल्लेख छ ।

निमले दिएको निवेदनमा लेखिएको छ– ‘विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस्, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो।’

यस बाहेक निवेदनमा निलमले श्रीमानलाई पटक–पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर गायक ढकालले विदेश नगएर नेपालमै केही गर्ने भन्ने भनाइका कारण विवाद बढेको उल्लेख गरेकी छिन् ।

अदालत स्रोतका अनुसार उनीहरुले सम्वन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गरेका छन् छ । बादी (निलम) ले अंश नलिने गरी मिलापत्र भएको हो । कानूनी भाषाका जानकारहरुकाअनुसार डिभोर्स गर्ने सहमतिलाई पनि मिलापत्र नै भनिन्छ ।
निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर गत मंगलबार सम्वन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । गायक ढकाल र शाहबीच २०५९ मंसिर १४ गते विवाह भएको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ८ : २८ बजे

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय