श्रीमतीसँगै विदेश जान नमान्दा रामकृष्ण ढकालको डिभोर्स ! | Khabarhub Khabarhub

श्रीमतीसँगै विदेश जान नमान्दा रामकृष्ण ढकालको डिभोर्स !


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको खबरलाई लिएर अनेक टिका–टिप्पणी भएका छन् ।

ढकालले विभिन्न मिडियामा आएको डिभोर्सको समाचारलाई लक्षित गरी फेसबुकमा लेखेका छन् ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’

उनले पत्नीसँगको सेल्फी तस्वीर राख्दै सम्बन्ध कहिल्यै मर्ने छैन भनेर लेखिरहँदा पत्नी निलमले डिभोर्सका लागि अदालतमा पेश गरेको निवेदनको पनि सामाजिक सञ्चाजमा चर्चा भइरहेको छ ।

निवेदनमा निलमले डिभोर्स माग्नुको केही कारणहरु लेखेकी छिन् । जसमा एक– ‘परिवारलाई समय दिन नसकेको’ र अर्को– ‘विदेश जना नमानेको’ उल्लेख छ ।

निमले दिएको निवेदनमा लेखिएको छ– ‘विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस्, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो।’

यस बाहेक निवेदनमा निलमले श्रीमानलाई पटक–पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर गायक ढकालले विदेश नगएर नेपालमै केही गर्ने भन्ने भनाइका कारण विवाद बढेको उल्लेख गरेकी छिन् ।

अदालत स्रोतका अनुसार उनीहरुले सम्वन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गरेका छन् छ । बादी (निलम) ले अंश नलिने गरी मिलापत्र भएको हो । कानूनी भाषाका जानकारहरुकाअनुसार डिभोर्स गर्ने सहमतिलाई पनि मिलापत्र नै भनिन्छ ।
निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर गत मंगलबार सम्वन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । गायक ढकाल र शाहबीच २०५९ मंसिर १४ गते विवाह भएको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ८ : २८ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा