‘पत्रकार’सँग ३० हजार घुस माग्ने लेखा अधिकृत र लेखापाल पक्राउ « Khabarhub

‘पत्रकार’सँग ३० हजार घुस माग्ने लेखा अधिकृत र लेखापाल पक्राउ


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार (पत्रिका सञ्चाल गर्ने व्यक्ति)सँग नै घुस माग्ने नगरपालिकाका लेखा अधिकृत र लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पत्रिकामा विज्ञापन प्रकाशिन गरेवापतको भुक्तिानी दिएवापत लिएको ३० हजार रुपैयाँ घुससहित ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरलाका अनुसार लेखापाल घिमिरे र लेखापाल केसीले नगरपालिकामार्फत प्रकाशित÷प्रसारित सूचना तथा विज्ञापनको भुक्तानी दिन लाग्दा घुस मागेका थिए ।

पूर्व सूचनाका आधारमा बुधबार नगरपालिकाको कार्यालय पुगेको अख्तियारको टोलीले लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १२ : १० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको