पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धि हासिल, ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च « Khabarhub

पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धि हासिल, ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न ६ क्षेत्रमा गरी ४ वर्षमा ८३ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ । जसमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १४ प्रतिशत पुनर्निर्माणकै क्रममा रहेका छन् ।

प्राधिकरणका अनुसार हालसम्म पुनर्निर्माणका क्रममा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ गरी ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको ज्ञवालीले बताए ।

वि.स. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवननहरु र सुरक्षा निकायका भवनहरुमा क्षति पुर्‍याएको थियो । ती क्षतिग्रस्त संरचनालाई पुनर्निर्माण गर्नका लागि ०७२ पौष १२ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भएको थियो ।

प्राधिकरणले स्थानपना भएको ४ वर्ष पुग्दै गर्दा हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत हासिल गरेको छ ।

निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका कुल ७ लाख ८० हजार १ सय ६५ लाभग्राहीमभ्ये हालसम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए । जुन अनुदान सम्झौता गरेका उल्लेखितको ६२ प्रतिशत हो ।

त्यस्तै ७१ प्रतिशत शैक्षिक संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ भने ४३ प्रतिशत सम्पदाको पुनर्निर्माण सकिएको छ ।

त्यसैगरी स्वास्थ्य संस्थाको पुनर्निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ र सरकारी एवम सुरक्षा निकायका भवनहरु ८६ प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ३ : ५१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००