मलेसियाले अवैध विदेशी श्रमिकलाई आममाफीको समय नथप्ने « Khabarhub

मलेसियाले अवैध विदेशी श्रमिकलाई आममाफीको समय नथप्ने


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले अवैध विदेशी श्रमिकलाई दिएको आममाफी (व्याक फर गुड)को समय नथप्ने भएको छ ।

मलेसियाको अध्यागमन विभागका उच्च अधिकारीहरुले डिसेम्वर ३१ तारिखसम्मका लागि दिइएको आममाफी कार्यक्रमको समय नथप्ने विषयमा सम्बन्धित देशमा नियोगलाई जानकारी गराएका छन् ।

अध्यागमन विभागका प्रमुख खैरुल दाज्मी दाउदले विदेशी श्रमिकलाई स्वदेश फर्कन दिएको आममाफी (व्याक फर गुड) समय नथप्ने उदघोष गरेको मलेसिया स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

मलेसियास्थित नेपाली दूतावासले अवैध रुपमा बसेका श्रमिकलाई नेपाल आममाफीको समय भित्र स्वेदश फर्कन अपिल गदै आएको छ । अवैैध (कागजातविहिन) रुपमा बसिरहेका विदेशी नागरिकलाई ७ सय रिंगिट जरिवाना तिरेर सहज रुपमा स्वदेश फर्किन अवसर मलेसिया सरकारले दिएको छ । आममाफीको समय अब ५ दिन मात्र छ ।

मलेसियोको पेनाङस्थित अध्यागमन कार्यालयले दुई दिनमा १ हजार २ सय अवैध श्रमिकको कागजात बनाएर स्वदेश फर्कन अवसर दिएको जनाइएको छ । यस्तै सुभाङजया स्थित कार्यालयले पनि दैनिक ६ सयको हाराहारी अवैध कामदारको कागजात बनाइरहेको जनाएको छ । आगामी डिसेम्वर ३१ भित्रमा ५ हजारभन्दा धेरै नेपालीले आममाफी कार्यक्रममा सहभागि हुने दूतावासको अनुमान छ ।

मलेसियाको अध्यागमन कार्यालयहरुको तंथ्याकअनुसार सन् २०१४ देखि २०१८ सम्म सञ्चालन गरेको आममाफीका क्रममा झण्डैै साढे आठ लाख व्यक्ति स्वदेश फर्किएका छन् । जसमा करिब ३० हजार नेपाली रहेको अनुमान दूतावासको छ । व्याक फर गुड कार्यक्रमका लागि हाल मलेसियाका अध्यागमन विभागको कार्यलयमा अवै विदेशी श्रमिकको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : २२ बजे

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले