वीरगन्जबाट ४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबार पक्राउ « Khabarhub

वीरगन्जबाट ४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबार पक्राउ


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले ४ लाख रुपैयाँ नगदसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई ४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ४४ वर्षीय सुशील कुमार शर्मा र सोही ठाउँकी १८ वर्षीया सरोजनी कुमारी छन् ।

प्रहरीका अनुसार उनीहरु ना २९ प ८५९५ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका थिए ।

प्रहरीसँगको बयानका क्रममा उनीहरुले उक्त पैसा वीरगन्जको आदर्शनगरस्थित अकृति कस्मेटिक पसलका सञ्चालक राज कुमार अग्रवाललाई दिन ल्याएको बताएका छन् ।

उनीहरुको बयानका आधारमा प्रहरीले अकृति कस्मेटिक पसलका सञ्चालक अग्रवाललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ०० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको